Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • सुर्खेत सामुदायिक वनका छ जना कर्मचारीहरुविरुद्ध लाखौं भ्रष्टाचारको आरोपमा मुद्दा दायर

    सुर्खेत सामुदायिक वनका छ जना कर्मचारीहरुविरुद्ध लाखौं भ्रष्टाचारको आरोपमा मुद्दा दायर

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ताविरुद्ध आज विशेष अदालतमा मद्दा दायर गरेको छ ।

    आयोगले पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि दमाइँ, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंह बिरुद्ध १८ लाख ७७ हजार बराबरको बिगो भराउन माग गर्दै मुद्दा दायर गरेको हो ।



    सोही उपभोक्ता समितिका सदस्य रणबहादुर बडुवाल विरुद्ध पाँच लाख ५० हजार र अर्का सदस्य भरतबहादुर बशाही विरुद्ध एक लाख ५० हजार, सो वन समूहका उपभोक्ता प्रेमबहादुर सिञ्जापतिविरुद्ध पनि आठ लाख ८७ हजार बराबरको बिगो भराउन माग गरिएको छ ।



    यसैगरी उपभोक्ता हस्तनादेवी शाही विरुद्ध एक लाख १५ हजार र अशोक सिंहविरुद्ध २५ हजार बराबरको बिगो माग गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार