Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्युठानमा टिपरको ठक्करबाट अटोमा सवार बाबुछोराको मृत्यु

प्यूठान । प्युठानमा टिपरको ठक्करबाट अटोरिक्सामा सवार बाबुछोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठान नगरपालिका–३ घुर्चनेका ३५ वर्षका अमृत थापा र उनका ४ बर्षका छोरा सुशान्त थापा रहेका छन्।

प्रहरीका अनुसार चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको न ८ ख ३९०३ नम्बरको टिप्परले रा १ ह ५७०७ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ई–रिक्सामा सवार प्यूठान नगरपालिका–३ कि ८ वर्षकी दुर्गा थापा, ३० बर्षकी पुनम थापा, १६ बर्षकी विपना थापा र १० बर्षकी सुष्मा थापा घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077