Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घुससहित पक्राउ परेका वैदेशिक रोजगार कार्यालय ताहाचलका नायव सुब्बा र विचौलियाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर

काठमाडौं । घुसको रकमसहित पक्राउ परेका वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंका नायव सुब्बा दुर्गा प्रसाद पोखरेल र बिचौलिया खेम प्रसाद काफ्लेविरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

गत कार्तिक १७ गते  २१ हजार घुस रकमसहित पक्राउ परेका उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्धा दायर गरेको हो।

अख्तियारका अनुसार नासु पोखरेलले श्रम स्वीकृति लिन आएका सेवाग्राहीलाई काममा आलटाल गरी अनलाइन फर्म भर्ने बिचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गरेको र बिचौलियाको काम गर्ने काफ्लेमार्फत उक्त रकम घुस लिएको अनुसन्धानमा खुल्न आएको छ।

अनुसन्धानको सिलसिलामा नासु पोखरेलले घुस लिएको पुष्टि हुन आएकाले उनलाई उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३ को उपदफा (१) को कसूर अपराध गरेको ठहर गर्दै बिगो तेह्र हजार दुई सय बयानब्बे रुपैयाँ माग दाबी गरिएको छ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन माग दाबी समेत गरिएको अख्तियारले जनाएको छ।

[insert page='95646' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077