Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेले जस्तो जनतालाई दु:ख हुने गरी कांग्रेसले महाधिवेशन गर्दैन: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४ औं महाधिवेशन भव्य र शब्यरुपमा सम्पन्न गर्ने बताएका छन्।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा सभापति देउवाले महाधिवेशनका नाममा हजारौं लाखौं जनतालाई सडकमा उतारेर शक्ति प्रदर्शन नहुने बताए।

'कांग्रेस उदार र जिम्मेवार पार्टी हो, धेरै मान्छे उतारेर महाधिवेशन गर्दैमा शक्तिशाली भइदैन', कुराकानीका क्रममा प्रधानमन्त्री देउवाले भने।

यस्तै, पछिल्लो समय पुन: कोरोना भाइरस संक्रमणको जोखिम रहेको र धेरै मान्छेको जमघटले कोरोना फैलिन सक्ने उनको भनाइ छ। सभापति देउवाले महाधिवेशनमा नेता कार्यकर्ताहरुलाई दुख हुने र प्रयाप्त सुबिधाको कमी हुने आत्मसाथ गरे। 'धेरै जमघट र धेरै जनाको भेलाले झन् अस्तव्यस्त हुन्छ, जनतालाई दुख हुन्छ', उनले भने।

'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइन, प्रधानमन्त्री देउवाले अघि भने, 'अहिले कोरोनको नयाँ भेरिएन्ट आइसकेको छ। त्यसैले कांग्रेसले त्यो जोखिम मोल्दैन ।'

महाधिवेशन अर्को हप्ता काठमाडौँमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077