Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

घिमिरेलाई २ मतले पछि पार्दै कांग्रेस प्रदेश १ सभापतिमा थापा विजयी

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । थापा देउवा–सिटौला पक्षका उम्मेदवार हुन् ।

उनले ८४४ मत ल्याएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २ मतान्तरले पराजित गरेका हुन्। १७५२ मत खसेकोमा संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन्। प्रदेश १ मा कांग्रेस सभापतिका लागि शनिबार मतदान भएको थियो ।

कसको कति मत ?

सभापति :

१.उद्दव थापा – ८४४

२.गुरुराज घिमिरे –८४२

उपसभापति :

१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) –७६५

२.टंक प्रसाद राई –८४७

३.रमेशजंग रायमाझी –८९१

४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) –६६९

महामन्त्री :

१.उमेश थापा –८२३

२.दिपनकुमार श्रेष्ठ –७६४

३.पदम सुन्दर पालुङ्गवा– ८०७

४.भुपेन्द्र राई –८२४

सह–महामन्त्री :

१.प्रमिला गछदार –८३७

२.सीता कार्की–७३३

सह–महामन्त्री :

१.खड्ग फागो –१०२६

२.रोहित कुमार शाह –६६५

३.बिनोद कुमार बस्नेत –७४७

४.विरकाजी राई –६४७

५.शुभचन्द्र राई –८४

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077