Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्मा निर्वाचित

    कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्मा निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.1K
    SHARES

    पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । शर्माले प्रतिस्पर्धी अर्जुन जोशीलाई पराजित गरेका हुन् ।

    शनिबार सम्पन्न निर्वाचनमा शर्माले ६ सय १३ मत ल्याउँदा जोशीले ५ सय २८ मत ल्याए । सभापतिमा निर्वाचित कास्कीका शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।



    उपसभापतिमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ , महामन्त्रीमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने तथा सहमहामन्त्रीमा कोपिला रानाभाट, रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी भएका छन् ।



    उपसभापतिमा निर्वाचित मेखलालबाहेक सबै पदाधिकारी शुक्रराज नेतृत्वको प्यानलका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार