Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस गण्डकी अधिवेशन : सुरुवाती मतगणनामा दुबै उम्मेदवारको बराबरी मत

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशको मतणना जारी छ । मतगणनाको पहिलो रुझान सार्वजनिक गरिएको छ । १०० मत गन्दा दुबै उम्मेदवारको बराबर मत आएको छ ।

संस्थापनका सभापति उम्मेदवार अर्जुन जोशी र संस्थापन इतर समूहका सभापति उम्मेदवार शुक्रराज शर्मा दुबैले ५०–५० मत पाएका छन् ।

गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ ।

दुई प्रभावशाली नेताहरुबीच नेतृत्वमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। प्रदेशभित्र जिल्ला सभापति हेर्दा संस्थापन पक्ष बलियो छ भने प्रदेश महाधिवेसन प्रतिनिधिमा पैडेल समूहको बहुमत रहेको आंकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077