Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस प्रदेश १ सभापतिमा दुईजनाबीच भिडन्त

मोरङ । नेपाली कांग्रेस प्रदेश नं १ सभापति पदका लागि आज दुई जनाले मनोनयनपत्र दर्ता गरेका छन् । सो पदमा उम्मेदवारी दर्ता गर्नेमा गुरुराज घिमिरे र उद्धव थापा रहेको निर्वाचन अधिकृत भरत थापाले जानकारी दिए ।

यसैगरी दुई उपसभापतिका लागि गोविन्द ढुङ्गाना, रमेजजङ्ग रायमाझी, टङ्क राई र विश्वनाथ रिजालले उम्मेदवारी दिएका छन् । दुई महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भुपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङगले मनोनयन दर्ता गरेका छन् । सहमहामन्त्रीका लागि ११ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

उक्त पदका लागि भोलि बिहान आठ बजेदेखि मतदान शुरु हुने नेका मोरङका सचिव मोदराज घिमिरेले बताए । प्रतिनिधि छान्नका लागि एक हजार ७०० प्रदेश प्रतिनिधिले मतदान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077