Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै

    कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.1K
    SHARES

    धनगढी । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेश सभापतिमा दुई जनाको मात्र उम्मेदवारी परेको छ ।

    जसअनुसार सभापति शेरबहादुर देउवा पक्षबाट वीरबहादुर बलायर र संस्थापनइतर पक्षबाट नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ ।



    संस्थापन पक्षबाट नरनारायण शाहले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर, उनी बलायरको प्यानलबाट महामन्त्रीमा बस्न राजी भएका हुन्।



    यस्तै, बलायरको पक्षबाट उपसभापतिमा जनक चौधरी र लोकराज अवस्थी उम्मेदवार बनेका छन् भने दुई महामन्त्री पदमा कैलाली जिल्ला सभापति नरनारायण  साह र मेघराज खड्का रहेका छन्।

    यस्तै, मिश्रको पक्षबाट भने उपसभापतिमा गोपाल गुरुङ र, मानबहादुर रावललाई अगाडि सारेको छ । त्यस्तै महामन्त्रीमा प्रताप गुर्दामी र रामबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।

    निर्वाचन कार्यतालिका अनुसार मतदान शनिबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार