Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै

धनगढी । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेश सभापतिमा दुई जनाको मात्र उम्मेदवारी परेको छ ।

जसअनुसार सभापति शेरबहादुर देउवा पक्षबाट वीरबहादुर बलायर र संस्थापनइतर पक्षबाट नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ ।

संस्थापन पक्षबाट नरनारायण शाहले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर, उनी बलायरको प्यानलबाट महामन्त्रीमा बस्न राजी भएका हुन्।

यस्तै, बलायरको पक्षबाट उपसभापतिमा जनक चौधरी र लोकराज अवस्थी उम्मेदवार बनेका छन् भने दुई महामन्त्री पदमा कैलाली जिल्ला सभापति नरनारायण  साह र मेघराज खड्का रहेका छन्।

यस्तै, मिश्रको पक्षबाट भने उपसभापतिमा गोपाल गुरुङ र, मानबहादुर रावललाई अगाडि सारेको छ । त्यस्तै महामन्त्रीमा प्रताप गुर्दामी र रामबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार मतदान शनिबार हुनेछ ।





प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077