Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस महाधिवेशनको नारा तय, लोगो पनि सार्वजनिक गरिँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको नारा ‘उत्साह, एकता, रुपान्तरण सफल बनाउन नेपाली कांग्रेसको १४औं महाधिवेशन’ तय गरिएको छ।

पार्टीका प्रवक्ता तथा प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माका अनुसार महाधिवेशनको लोगो पनि सार्वजनिक गर्ने तयारी भइरहेको छ । प्रदेश महाधिवेशनको उदघाटनका क्रममा महाधिवेशनको लोगो सार्वजनिक गर्ने तयारी भइरहेको शर्माको भनाइ छ।

त्यस्तै, यस पटकको महाधिवेशनबाट नेतृत्व चयन गर्दा प्रतिनिधिहरुलाई २९ वटा मतपत्र हुने र मतहाल्दा औसत ४५ मिनेट समय लाग्ने शर्माले जानकारी दिए। मतदानका आगि काठमाडौंको राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लबमा व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताए ।

यसैगरी प्रचार प्रसारका लागि दुई दिनपछि होडिङबोर्ड, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट प्रचार गरिने प्रवक्ता शर्माले जानकरी दिए।

महाधिवेशन यही पुष २४ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077