Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले हेटौँडामा हुने बागमती अधिवेशनलाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा भोलि हुने नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

साथै उनीबाट सम्बोधन हुने कार्यक्रम रहेको छ । बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको सो अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिए । सो कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा भोलि बिहीबार बिहान ११ बजे हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077