Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेमाथि दुईतिरबाट हमला भइरहेको अध्यक्ष ओलीको जिकिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दुईतिरबाट हमला भइरहेको बताएका छन्।

एमालेको अध्यक्षमा विजयी भएपछि शपथ लिएका ओलीले आफ्नो पार्टीलाई आन्तरिक र बाह्य हमला भइरहेको जिकिर गरेका हुन्। उनले १०औं महाधिवेशनको क्रममा विरोधीहरूले पार्टीका नेताहरूलाई उक्साएको र भड्काउन खोजेको आरोप पनि लगाए।

शपथपछि उनले भने, ‘विरोधीहरूले भड्काइरहेका थिए, उक्साइरहेका थिए। शान्त र एकताबद्ध माहोल भएपछि यस्ता हुतिहाराहरू भन्दै उक्साउँदै थिए। तर हाम्रो कार्यकर्ता पंक्ति हल्का फुल्का गैरजिम्मेवार रुपमा चल्दैन।’

ओलीले अब पार्टीलाई जोगाउँदै अझ बलियो बनाएर जनतासँग एकीकृत बनाउनुपर्ने उल्लेख गरे। उनले अबको ३ महिनासम्म पार्टी प्रवेश अभियान चलाउने बताएका छन्। अध्यक्ष ओलीले महाधिवेशन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077