Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल प्रहरीमा ३ दर्जाको पद थप्ने सरकारको निर्णय, के-के थपिए ?

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको जनपदतर्फ तीन दर्जाको  पद थपेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तल्लो दर्जामा काम गर्ने कर्मचारीको मनोबल वृद्धिका लागि भन्दै वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपिएको हो ।

सरकारको निर्णयसँगै गृहको प्रस्तावलाई स्वीकृत गर्दै प्रहरी नियमावली संशोधन गरिएको छ ।

स्वीकृत भएको नियमवाली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।

योसँगै अब प्रहरी नायब निरीक्षक (सई) र प्रहरी निरीक्षकको बीचमा वरिष्ठ सई तथा जवान र प्रहरी सहायक निरीक्षक (असई) को बीचमा सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थप्ने हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077