Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले महाधिवेशनमा ‘ओलीगिरी’, निर्वाचन आचारसंहिता उल्लंघन

चितवन । नेकपा एमालेको नेतृत्व चयनका मतदान जारी छ। मतदानका क्रममा एमालेकाक निवर्तमान अध्यक्ष तथा अध्यक्षका प्रत्यासी केपी शर्मा ओली समूहले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको छ।

आचारसंहितामा प्यानल बनाउन तथा समूहगत आधारमा नामावली वितरण गर्न नपाइने उल्लेख भएपनि ओली समूहले त्यसको बेवास्ता गर्दै प्यानलको सूची वितरण गरेको छ।
आचारसंहितामा प्रष्ट रुपमा व्यक्तिगत रुपमा बाहेक समूहगत रुपमा प्रचारप्रसार गर्न, प्रचार सामग्री प्रकाशन तथा वितरण गर्न, मत माग्न वा नामावली बाँड्न नपाइन कुरा उल्लेख गरिएको भए पनि त्यसको पालना भएको छैन।

ओली समूहले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भनरे पर्चा बाँडेको छ। मतदान कार्य सुरु भएदेखि मतदान केन्द्रभित्र मतदानको काम सम्पन्न नहुँदासम्मका लागि निर्वाचन प्रचार–प्रसार हुने गरी सामान्य भिजिटिङ कार्ड आकारको पर्चा भन्दा बाहेक अन्य कुनै पनि प्रकारको प्रचार सामग्री प्रदर्शन गर्न आचारसंहिताले रोक लगाएको छ।

प्रचार सामग्रीहरू (पर्चा, पोष्टर, पम्प्लेट, ब्यानर) प्रयोग गर्न, बाँड्न तथा कुनै पनि प्रकारले प्रचार–प्रसार गर्न, गराउन तथा सभा–जुलुस गर्न गराउन पनि रोक लगाइएको भएपनि यसको कार्यान्वयन भएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077