Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भीम रावललाई भोट नहाल्न भन्दै ओली समूहले बाँड्यो पर्चा

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। मंगलबार बिहान २ बजेबाट मतदान शुरु हुने कार्यतालिका भएपन ४ बजेबाट मात्र शुरु भएको थियो।

पहिलो मत एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका छन्। उनी अध्यक्षका उम्मेदवार हुन्। ओलीसँग उपाध्यक्ष भीम रावल चुनावी प्रतिस्पर्धामा छन्। तर, हाल अध्यक्षका प्रत्यासी रावल लगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै ओली समूहका कार्यकर्ताले प्रतिनिधिहरुलाई पर्चा बाँडिएको भेटिएको छ।

भोट हाल्नका लागि लाइनमा बसेका एमाले प्रतिनिधिहरुलाई अध्यक्षका उम्मेद्वार रावल, उपाध्यक्षका उम्मेद्वार घनश्याम भुसाल, सचिवका उम्मेद्वार टंकप्रसाद कार्की र भीम आचार्यलगातको नाम निकालेर मत नहाल्न भन्दै पर्चा बाँडिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077