काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशनको निर्वाचनका लागि तय गरिएको मतदान समय सरेको स¥यै छ।
यसअघि ९ बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया अब राति ११ बजेपछि मात्रै सुरु हुने भएको छ। कार्यतालिकाअनुसार दिउँसो ३ बजे नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुपर्ने थियो। तर त्यसमा ढिलाई भएको छ।
यसबीचमा नेताहरुले पदाधिकारीबाहेक अन्य पदमा सहमतिमा नै सदस्य चयन गर्ने प्रयास गरेका छन्। पदाधिकारीमा पनि चुनाव हुने पक्का भएको छ।
अध्यक्षमा केपी ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि सातजनाले उम्मेदवारी दिएका छन्। सचिवमा सातजनाको पदमा नौजनाको उम्मेदवारी परेको छ।