Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन सकेन, मतदानमा ढिलाई हुने

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनमा विभिन्न पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन सकेको छैन।

केन्द्रीय निर्वाचन समितिका अनुसार केही विषयहरु मिलाउन बाँकी भएका कारण उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाई भएको हो।

यससँगै नयाँ नेतृत्व चयनका लागि अध्यक्षसहित विभिन्न पदमा हुन गइरहेको मतदानमा ढिला हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले मतदानका लागि राति ९ देखि बिहान ३ बजेसम्मको समय निर्धारण गरेको थियो।

केन्द्रीय निर्वाचन समितिका पदाधिकारीका अनुसार राति ११ बजेबाट मतदान सुरु गर्ने सम्भावना बढेको छ। उता उम्मेदवारहरु आफ्ना लागि भोट माग्न व्यस्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077