Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस धादिङ सभापतिमा अधिकारी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्।

सोमबार बिहान आएको मतपरिणामअनुसार अधिकारी एक हजार ८२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। अधिकारीका निकटतम प्रतिद्धन्द्धी भीम ढुंगानाले एक हजार ४६ मत ल्याएका थिए ।

अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने ढुंगानालाई सभापति शेरबहादुर देउवा पक्षको समर्थन थियो। यस्तै उपसभापतिमा गेहेन्द्र मल्ल १०६८ र दलबहादुर अधिकारी १००६ मत ल्याएर विजयी भएका हुन् ।

सचिवमा रामकृष्ण पाण्डे १०१२ र विकास श्रेष्ठ ११२१ मत प्राप्त गरी निर्वाचित भए । सहसचिवमा नबराज तिमल्सिना १०९१ मत ल्याएर विजयी हुँदा क्रान्ति डल्लाकोटी र बिजय पाख्रीनले बराबरी मत ल्याएका छन् । उनीहरु दुवै जनाले ९९५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077