Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीले छानेका १९ पदाधिकारीमा को–को अटाए ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन्। सहमतिका आधारमा पदाधिकारी र अन्य सदस्यहरुको नाम चयन गर्ने निर्णयअनुसार उनले पदाधिकारी छानेका हुन्।

ओलीले आफूलाई अध्यक्षका रुपमा घोषणा गर्दा हलमा ताली गुञ्जिएको थियो। ‘सहमतिका लागि घोषणा गरिएका पदाधिकारीका नामहरु यस प्रकारका छन्’ भन्दै ओलीले बन्द सत्रमा भने, ‘अध्यक्षमा केपी शर्मा ओली।’

एमाले बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम प्रस्ताव गरिएको छ। बाँकी ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्षी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम समेटिएको छ।

त्यसपछि महासचिवमा शंकर पोखरेलको नाम रहेको छ। तीन उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन्। यसैगरी ७ जना सचिवमा ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्यालको नाम प्रस्ताव गरेका छन्।

केपी ओलीले सहमतिका लागि नामहरु प्रस्तुत गरिएको भने पनि भीम रावल र घनश्याम भुसाललाई भने उनले आफ्नो टिममा अटाएनन्। ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्दा भने भीम रावल र घनश्याम भुसाललाई पनि समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077