Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भीम रावललाई थन्काउने ओलीको रणनीति, यी हुन् प्रस्तावित पदाधिकारीहरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई फेरि पनि उपाध्यक्षमै थन्काउन खोजेका छन्।

चितवनको सौराहमा जारी पार्टीको १० औँ महाधिवेशनको अध्यक्ष पक्षका दाबेदार रावललाई ओलीले उपाध्यक्षमा प्रस्ताव गरेका छन्।

त्यस्तै महासचिवमा शंकर पोखरेलको नाम अघि सारिएको छ। अध्यक्ष मण्डलको बैठक बस्नुअघि शीर्ष नेताहरुसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई महासचिवमा प्रस्ताव गरेको बताइएको छ।

महासचिवका प्रमुख दाबेदार विष्णु पौडेललाई सहमत गराएरै ओलीले पोखरेललाई महासचिवमा प्रस्ताव गरिएको हो। नेकपामै महासचिव भइसकेका पौडेल ईश्वर पोखरेलपछिको बरियतामा उपाध्यक्ष प्रस्तावित भएका छन्।

पोखरेल बरिष्ठ उपाध्यक्ष हुँदा भीम रावल, सुवास नेम्वाङ, रामवहादुर थापा बादल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य उपाध्यक्ष प्रस्तावित भएको बताइएको छ।

शंकर पोखरेल महासचिव हुँदा उपमहासचिवमा घनश्याम भुसाल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको सम्भावना रहेको छ। पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची अध्यक्ष ओलीले बन्दसत्रमा पेश गर्नेछन्।

एमालेका अनुसार जुन–जुन पदमा असहमति हुन्छ त्यसमा मात्रै चुनाव हुनेछ। रावल र भुसालले निरन्तर निर्वाचनको माग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077