चितवन । नेकपा एमालेका उपाध्यक्ष भीम रावल महाधिवेशनको बन्दसत्र हलबाट बाहिरिएका छन्।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उनी बन्दसत्र सुरु भएको केही बेरमै बाहिरिएका हुन्।
रावल अध्यक्षमण्डलको बैठकमा सहभागी हुन बाहिरिएको बताइएको छ। हलबाहिर अध्यक्ष केपी ओलीको समर्थनमा कार्यकर्ताले नारावाजी गरिरहेका छन्। उनीहरुले रावलविरुद्ध पनि नाराबाजी गरिरहेका छन्।
उनीहरुले ओलीको समर्थन र भीम रावलको विरोधमा नाराबाजी गरेका हुन्। कार्यकर्ताले ‘केपी बा, आई लभ यू’, ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ भन्दै उनको पक्षमा नाराबाजी गरेका हुन्।
त्यस्तै उनीहरुले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलविरुद्ध पनि नारा लगाएका छन्। पार्टी ‘फुटाउने मतियार होसियार’, ‘ओलीसँगको जोरी, त्यही तिम्रो कमजोरी’, ‘भीम रावल गद्दार हो’, ‘नक्कली राष्ट्रवाद, मुर्दावाद’ भन्ने नारा लगाएका छन्।