Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

‘भीम रावल गद्धार हो’ भन्दै एमाले कार्यकर्ताको नाराबाजी

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष केपी शर्मा ओली पुगिसकेका छन्। उनी बन्दसत्रमा हलमा प्रवेश गर्दैगर्दा कार्यकर्तालेहरुले नाराबाजी गरेका छन्।

उनीहरुले ओलीको समर्थन र भीम रावलको विरोधमा नाराबाजी गरेका हुन्। कार्यकर्ताले ‘केपी बा, आई लभ यू’, ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ भन्दै उनको पक्षमा नाराबाजी गरेका हुन्।
त्यस्तै उनीहरुले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलविरुद्ध पनि नारा लगाएका छन्। पार्टी ‘फुटाउने मतियार होसियार’, ‘ओलीसँगको जोरी, त्यही तिम्रो कमजोरी’, ‘भीम रावल गद्दार हो’, ‘नक्कली राष्ट्रवाद, मुर्दावाद’ भन्ने नारा लगाएका छन्।

बन्दसत्र आइतबार विहान १० बजेका लागि तय भएको थियो। तर नेताहरुले दिनभर सहमतिको प्रयास गरेका थिए। यद्यपि सर्वसम्मत भने हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077