चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली १०औं महाधिवेशनको बन्दसत्र हलभित्र प्रवेश गरेका छन् । निर्धारित समयभन्दा ११ घण्टा ढिलो गरी एमालेको १०औं महाधिवेशनको बन्द सत्र अब सुरु हुनेछ ।
बन्दसत्र आइतबार बिहान १० बजे सुरु हुने तय भएको थियो । तर सर्वसम्मत नेतृत्व चयनका लागि दिनभर प्रयास गरिएको थियो ।
पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाममा सहमति हुन नसकेपछि साँझ ७ बजेका लागि बोलाइएको थियो । ७ बजे पनि ढिलो भएपछि १ घण्टा पछि सारेर ८ बजेका लागि बन्द सत्र बोलाइएको थियो ।
यसअघि नै बन्दसत्रले पदाधिकारी र अन्य सदस्यहरु चयन गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिइसकेको छ । यसमा केही नेताहरुले आपत्ति पनि जनाएका थिए । एमालेका उपमहासचिव विष्णु पौडेलले सबै पदमा सहमति भइसकेको जानकारी दिएका छन् ।