Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले नेताको दिनभरको दौडधुप : अध्यक्षमा ओलीको नाम, अन्य पदाधिकारीको स्थान खाली

काठमाडौं । नेकपा एमालेको १० औंँ राष्ट्रिय महाधिवेशन जारी छ। सबै पदाधिकारी तथा अन्य सदस्यहरु सर्वसम्मतरुपमा चयन गर्ने दिनभरको प्रयास पूर्णरुपमा सफल भने हुन सकेन।

आइतबार बिहान शुरु हुनुपर्ने बन्दसत्र राति शुरु हुँदैछ। दिनभर नेताहरुले सहमतिको प्रयास गरेपनि त्यो उपलब्धिमूलक देखिएको छैन। बन्दसत्रमा पेश हुन लागेको केन्द्रीय कमिटीका पदाधिकारीको सूचीमा अध्यक्ष केपी शर्मा ओलीको मात्र नाम प्रिन्ट गरिएको छ।

शीर्ष नेताहरुको छलफलपछि उपमहासचिव विष्णु पौडेलले पेनड्राइभबाट निकालेर प्रिन्ट गरेको १९ पदाधिकारीको सूचीमा अध्यक्ष केपी शर्मा ओलीको मात्र नाम छ भने अन्य पदाधिकारीको नाम खाली राखिएको छ।

पदाधिकारी चयनको सबै अधिकार ओलीलाई दिइएकाले हातले लेखेर नाम थप्ने बताइएको छ। पदाधिकारीका विभिन्न पदका आकांक्षीहरुको दावी यथावत रहेकाले अध्यक्ष ओलीले सर्वाधिकार लिएका हुन्।

ओलीनिकट नेताहरुले केन्द्रीय सदस्य सूची भने तयार पारेको बताइएको छ। अध्यक्षमा ओलीको नाममा सहमति भने भइसकेको छैन। वर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्षमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077