Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महाधिवेशन : बन्द सत्र शुरु हुने भएपछि सुरक्षा सतर्कता बढाइयो

चितवन । आइतबार दिनभरको दौडधुपपछि नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु गर्ने तयारी भएको छ।

बन्दसत्र आइतबार विहान १० बजे सुरु हुने तय भएपछि नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास थालिएपछि बेलुका सुरु शुने भएको हो।

सबै पदाधिकारी सहमतिमा नै निर्वाचित गर्नका लागि पार्टीका नेताहरु दिनभर सक्रिय रहेका थिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई केन्द्रीय सदस्यको सूची बनाउन लगाएका थिए।

उनीहरुले सूची तयार गरिसकेका छन्। दिनभरिको प्रयासपछि पनि पदाधिकारीमा भने सहमति हुन सकेको छैन। यद्यपि आइतबार राति ८ बजेपछि भने बन्दसत्र सुरु हुने होटल सेभेन स्टारमा प्रतिनिधिहरु आउन थालेका छन्।

प्रतिनिधिहरु बन्दसत्र सञ्चालन हुने हलमा भेला हुन थालेपछि बाहिर सुरक्षा सतर्कता बढाइएको छ। बन्दसत्रस्थलमा ठूलो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077