Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • कांग्रेस सुर्खेत सभापतिमा पोखरेल निर्विरोध

    कांग्रेस सुर्खेत सभापतिमा पोखरेल निर्विरोध

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 1.5K
    SHARES

    सुर्खेत । नेपाली कांग्रेस जिल्ला कार्य समिति सुर्खेतको सभापतिमा खडक पोखरेल निर्विरोध चयन भएका छन्। सभापति पदमा उनको एकल उम्मेदवारी परेको थियो ।

    जिल्ला अधिवशेन शुक्रबार सुरु हुने तालिका तय भएपनि क्षेत्र नं १ मा मतपत्र छपाईमा त्रुटी हुँदा दलित महाधिवेशन प्रतिनिधिको शनिबार पुनः निर्वाचन भएको थियो । सहायक जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाका अनुसार जिल्ला कार्य समितिका दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र सदस्य पदका लागि भने मतदान भएको छ ।



    उपसभापतिमा विष्णुबहादुर खड्का, टोपबहादुर रावत, टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा देवकुमार सुवेदी, बालदिप कँडेल, अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा प्रकाश डिसी, हरि विष्ट, भीमबहादुर शाही र लोकबहादुर पन्तको उम्मेदवारी परेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार