Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

४५ जिल्लामा कांग्रेस सभापतिहरुको टुंगो लाग्यो, देउवा र पौडेल पक्षमा को बलियो ? (नामावली)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन जिल्ला अधिवेशन जारी छ। हालसम्म ४५ जिल्लामा सभापतिहरुको टुंगो लागिसकेको छ।

४५ जिल्ला सभापतिहरुमध्ये संस्थापन अर्थात सभापति शेरबहादुर देउवानिकट २२ जना सभापतिहरू निर्वाचित भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले २० जिल्लामा सभापति जितेको छ।

त्यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट एकजना जिल्ला सभापतिमा निर्वाचित भएका छन्। सर्वसम्मतरूपमा सभापति बनेका २ जिल्ला सभापतिले आफ्नो पक्षधरता खुलाएका छैनन्।

शेरबहादुर देउवा पक्ष

१.शंकर गुरुङ – मनाङ

२. खडक बोहरा – बझाङ

३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

४. मोहनविक्रम सिंह – हुम्ला

५. कान्छाराम तामाङ – रामेछाप

६. ऐनबहादुर शाही – मुगु

७. खमबीर गर्बुजा – म्याग्दी

८. केशबहादुर विष्ट – सल्यान

९. रुपनारायण जबेगु – पाँचथर

१०. नरेन्द्रबहादुर सिंह – डोटी

११. दीपेन्द्रबहादुर शाही – डोल्पा

१२. कर्णबहादुर शाही – जुम्ला

१३. तेजेन्द्र खनाल– ओखलढुंगा

१४. डा.टकराज गुरुङ – लमजुङ

१५. भीमबहादुर साउद – डडेल्धुरा

१६. रामकृष्ण खाँण – रुपन्देही

१७. युवराज जोशी – पर्वत

१८. डम्बर खड्का – इलाम

१९. किशोरदत्त बराल – कास्की

२०. तीर्थ लामा – काभ्रे

२१. जितेन्द्र श्रेष्ठ – ललितपुर

२२. पदम बोगटी – कञ्चनपुर

रामचन्द्र पौडेल पक्ष

१. रोमी गौचन थकाली – मुस्ताङ

२. केशरमान रोका – रुकुमपूर्व

३. दीपक खड्का– संखुवासभा

४.नन्दप्रसाद न्यौपाने – गोरखा

५. विष्णु राई – खोटाङ

६.हिमालदत्त श्रेष्ठ –पाल्पा

७. राजु थापा – स्याङ्जा

८. किशोर आचार्य – रोल्पा

९. विष्णुकुमार गिरी – प्यूठान

१०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

११. विनोद बान्तवा – भोजपुर

१२. केशव श्रेष्ठ – अर्घाखाँची

१३. चतुरबहादुर चन्द – बैतडी

१४. बर्मा लामा – दोलखा

१५. अम्मबहादुर शाही – कालीकोट

१६. रामसिंह रावल – बाजुरा

१७. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)

१८. मणिराम रेग्मी – दैलेख

१९. शंकरप्रसाद डाँगी – दाङ

२०. रमेश महत – नुवाकोट

कृष्ण सिटौला पक्ष
१. देउमान थेवे – झापा

पक्षधरता नखुलाएका –

१. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

२. वेदराज सिंह – जाजरकोट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077