Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोराको मृत्यु

बुटवल । रुपन्देहीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीप रहेका छन् ।

प्रहरीका अनुसार बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना३ख ३८६० नम्बरको ट्रकले ग११प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गीतानाथ र सुदीप घाइते भएका थिए ।

गम्भीर घाइते उनीहरुलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077