Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रिय कमिटी बैठक चितवनको सौराहामा सुरु हुँदैछ । १०औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र स्थल सौराहामा एमालेको वर्तमान कमिटिको अन्तिम बैठक बस्न लागेको हो ।

८ बजेदेखि सुरु हुने भनिएको बैठक महाधिवेशनको उद्घाटन समारोहमा आएका सवारी साधनले भएको जामका कारण केही ढिला हुने भएको छ ।

बैठकमा स्थायी कमिटीले प्रस्ताव गरे अनुरुप बन्दसत्रमा पेस हुने कार्र्यक्रमलाई अनुमोदन गर्ने एमाले सचिव तथा प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । उनकाअनुसार बैठकले महाधिवेशनको बन्दसत्रमा विधानका केही बुँदा संशोधनको लागि प्रस्ताव समेत गर्नेछ ।

महाधिवेशनको उद्घाटन समारोहमा सहभागी प्रधानमन्त्री, विभिन्न दलका नेता र कार्यकर्तालाई धन्यवाद ज्ञापन बैठकबाट गरिने ज्ञवालीले बताए । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077