Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महानायक हमालले किने नयाँ गाडी

काठमाडौं । महानायक राजेश हमालले नयाँ गाडी किनेका छन्। उनले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लिजेन्डरी कम्पासको जिप खरिद गरेका हुन्।

बाल्यकालदेखि नै जिपबारे सुनेको र केही फिल्म छायांकनमा विलिस जीप चलाएको अनुभव रहेको उनले बताएका छन्। गाडी लिँदै गर्दा उनले भने, ‘म जीपको अफरोड क्षमताबाट प्रभावित थिएँ।’

गाडी खरिद गर्न हमाल पत्नी मधुलाई लिएर जिपको नक्साल आउटलेटमा पुगेका थिए। केही महीनादेखि नेपाली बजारमा जिपको विक्री सुरु भएको थियो भने यो ब्रान्डको जिपका ग्राहक बढिरहेका छन्।

एमएडडब्लु लाइफका प्रमुख अनिश लामिछानेका अनुसार पछिल्लो समय जीपले नेपाली अटो मार्केटमा सफलता हासिल गरिरहेको छ। अटो ब्रान्डहरुले पनि पछिल्लो समय सेलेव्रिटी ग्राहकलाई प्राथमिकता दिइरहेका छन्।

नेपालमा जिपको नयाँ मोडेल कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेलमा उपलब्ध रहेको जनाइएको छ। यसको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077