Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • माओवादी केन्द्रको पालिका अधिवेशन भोलि

    माओवादी केन्द्रको पालिका अधिवेशन भोलि

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय सम्मेलनपूर्व तल्ला तह कमिटिका अधिवेशन गरिरहेको नेकपा (माओवादी केन्द्र) ले यहाँका १० वटै स्थानीय तहमा भोलि एकसाथ अधिवेशन गर्दैछ ।

    अधिवेशनको प्रचारदेखि व्यवस्थापकीय तयारीका काम पूरा भएको सो पार्टीले जनाएको छ । सके सर्वसम्मत नत्र निर्वाचनमार्फत पालिकाको नेतृत्व चुनिने माओवादी केन्द्र, जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले बताए ।



    उनका अनुसार सात पदाधिकारीसहित नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्यीय कमिटी अधिवेशनबाट निर्वाचित हुनेछ । जसमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुस्लिम समुदायको प्रतिनिधित्वको व्यवस्था छ ।



    पालिका तहको निर्वाचनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी गठन भई क्रियाशील रहेको संयोजक गैरेले जानकारी दिए । सर्वसम्मत नेतृत्व चयन हुँदा पनि निर्वाचनको सबै विधि र प्रक्रियालाई अबलम्वन गरिने उनको भनाइ छ ।

    माओवादी केन्द्रले यसअघि टोल, सेल कमिटीका भेला हुँदै वडा तहका अधिवेशन सम्पन्न गरिसकेको छ । गत शनिबार देशभरका वडाहरुमा एकसाथ अधिवेशन भएको थियो । लामो समयपछि आन्तरिक प्रतिस्पर्धालाई आत्मसाथ गरेको सो पार्टीका सम्मेलन तथा अधिवेशनले नेता, कार्यकर्तामा उत्साह जगाएको छ ।

    वडा, स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । प्रदेश तहको अधिवेशन यही मङ्सिर २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार