Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कार्यकर्ताहरुलाई उछिन्दै आएका ओली टिकौलीको जंगलमा फसे

चितवन । पार्टीको १०औं महाधिवेशनस्थल नारायणीतिरबाट सौराहा फर्कने क्रममा नेकपा एमाले अध्यक्ष केपी ओली जाममा फसेका छन् ।

उनी उद्घाटन सत्र सकिएसंगै होटल फर्कदै गर्दा रत्नगरस्थित टिकौलीको जंगलको जाममा फसेका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक भगवानराज थापाका अनुसार अध्यक्ष ओली चढेको गाडी जाममा परेको छ। सयौं कार्यकर्ताहरुको सडकमा घुइंचोका कारण जाम खुलाउन धौ–धौ भएको छ।

अध्यक्ष ओली छाडेको गाडी कार्यकर्ताहरुलाई उछिन्दै स्कटिङ्मार्फत अघि आइरहेको बेला जंगलको जाममा फसेका हुन्।

उक्त क्षेत्रमा शुक्रबार दिनभरजसो जाम भएको थियो। कार्यक्रममा आएका कतिपय एमाले कार्यकर्ताहरु ४ किलोमिटर हिँडेर महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनार पुगेका थिए ।

महाधिवेशनमा सहभागी हुन आएका नेता कार्यकर्ता एकसाथ उद्घाटनस्थलवाट निस्किएका कारण चितवनको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

यसअघि दिउँसो जामकै कारण जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी उद्घाटन समारोहमा ढीला गरी पुगेका थिए । उनले आफूलाई गैडाकोटबाट नारायणीतिर आउन ३ घण्टा लागेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077