Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पूर्वएसएसपी थापा कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

कपिलवस्तु । पूर्वएसएसपी विक्रमसिंह थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

संघीय निर्वाचन क्षेत्र नं. २ बाट समावेशीतर्फ खसआर्यबाट उम्मेदवार बनेका थापाले निकटतम प्रतिद्वन्द्वी ज्योति दाहाललाई २०४ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन्।

उनले कुल चार सय मत प्राप्त गरेका थिए भने दाहालले १९६ मत प्राप्त गरे।

प्रहरीमा नाम चलेका अधिकारीका गनिने थापा करिब ३ वर्षअघि कांग्रेसमा प्रवेश गरेका हुन् । उनी प्रहरीमा छदाँ काठमाडौं, ललितपुर, रुपन्देही, सप्तरी, कपिलवस्तु र बाँकेलगायतका जिल्लामा प्रमुख रहेका काम गरेका थिए।

पूर्खौली घर गुल्मी भएका थापाले आफू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै राजनीतिमा केही गरेर देखाउने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077