Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डले चितवन पठाएका लिलामणिले दिए एमाले महाधिवेशनको शुभकामना

चितवन । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले केही फरक मान्यता र परिवेशले माओवादी केन्द्र र एमाले अलग हुन पुगेको बताएका छन् ।

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले तत्कालीन नेकपामा रहँदा देखिएका फरक मान्यता र परिवेशले माओवादी र एमाले अलग हुन पुगेका बताए ।

राजनीतिक दलहरूको एकताले मुलुकमा निरंकुश राजतन्त्र अन्त्य भएको स्मरण गराउँदै उनले नेपाल कम्युनिष्ट आन्दोलनमा जनताको विश्वास रहेको भए पनि नेताहरूमा भएका संकीर्णताले असर गरेको बताए ।

कार्यक्रममा नेता पौडेलसहित प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको उपस्थिति रहेको थियो।

उनले एमाले महाधिवेशन र महाधिवेशनबाट चुनिने नेतृत्वको सफलताको शुभकामना दिए । पोखरेल अध्यक्ष प्रचण्डको अनुपस्थितमा प्रतिनिधि चितवन आएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077