Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेको दशौं महाधिवेशन आजबाट शुरु, यस्तो छ कार्यतालिका

काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदैछ। महाधिवेशन चितवनको नारायणी किनारमा हुँदैछ।

महाधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनको नारायणी किनारमा हुनेछ भने बन्दसत्र मंसिर ११ गते सौराहको सेभेन स्टार होटलमा हुनेछ। त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन हुने तय भएको छ।

मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने र सोही दिन उम्मेदवारी फिर्ता पनि गर्न दिइने कार्यतालिका छ। ११ गते बेलुका ६ वजे अन्तिम नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिएका छन्।

मंसिर १२ गते मतदान प्रक्रिया हुने छ। महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन्। भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी पुग्छन्। महाधिवेशनमा १०३ जना पर्यवेक्षक छन्। एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन्।

कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित छन्। महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी छ। १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ। शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिनेछ।

एमालेको महाधिवेशनमा ४ देशका १५ जना अतिथि महाधिवेशनमा सहभागी हुँदैछन्। महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन्। चिनियाँ कम्युनिष्ट पार्टीको भने भिडियो सन्देश आएको छ। एमाले महाधिवेशनका लागि विश्वका १५ देशमा कम्युनिष्ट पार्टीहरुले शुभकामना सन्देश पठाएका छन्।

एमालेले महाधिवेशन सभामा ५ लाख कार्यकर्ताको सहभाथी हुने बताएको छ। प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार उद्घाटनअघि नवलपुरको गैँडाकोटसहित चितवनका विभिन्न ७ स्थानबाट जुलुस निस्कनेछ। चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको छ। महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकोले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइनेछ।

नारायणी नदी पारी नवलपुरको गैंडाकोट र नारायणगढका विभिन्न स्थानमा डिजिटल बोर्ड राखिएका छन्। एमाले महाधिवेशनलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने छन्।

अन्य राजनीतिक दलका प्रमुखहरु पनि चितवन जानेछन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सहभागी नहुने भएका छन्। नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निम्तो दिइएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077