Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारद्वारा सामुदायिक वन समितिका अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्ट्राचारको मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनसुता सामुदायिक वन उपभोक्ता समुह, दाङका तत्कालीन अध्यक्ष कुलबहादुर खत्रीसहित ३ जनाविरुद्ध भ्रष्ट्राचारको मुद्धा दायर गरेको छ।

अख्तियारका अनुसार तत्कालीन अध्यक्ष खत्रीले तत्कालीन सचिव शोभा भनिने शवी कुमारी खड्का र तत्कालीन कोषाध्यक्ष टोपेन्द्र थापासँग मिलेर बिना अनुमति रुख कटान गरी आर्थिक हिनामिना गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा अध्यक्ष खत्रीले आ.व. २०६८/०६९ देखी आ.व.२०७०/०७१ सम्मको लेखापरीक्षण प्रतिवेदनमा उल्लेखित घुम्ती कोष लगानी विवरणमा ३ लाख ७२ हजार लिए/दिएको भन्दै झुट्टा विवरण बनाएको र बन हेरालुलाई तलब ८४ हजार दिएको विवरण व्यय शीर्षकमा राखी झुट्टा विवरण पेस गरेको अख्तियारले पुष्टि गरेको छ।

अनुसन्धानपछि उनीहरु तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो चार लाख छपन्न हजार कायम माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077