Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आवश्यक परे प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउन सक्ने प्रचण्डको संकेत

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको विवाद समाधान नभए राजनीतिक दल अघि बढ्ने संकेत गरेका छन्।

धनगढी विमानस्थलमा बुधबार प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा उनले सर्वोच्चको विवाद सकारात्मक ढंगले अदालतबाटै समाधान होस् भन्ने चाहेको बताए।

तर समयमै विवाद समाधान नभएर प्रधानन्यायाधीशलाई महाभियोग लगाउन सक्ने संकेत उनले गरेका छन्। ‘अदालतको विवाद समाधानका लागि आवश्यक परे एक कदम अगाडि बढेर सहयोग गर्न गठबन्धन तयार छ,’ उनले भने।

उनले अघि भने, ‘यो विषयमा गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको छ। यसको समाधान सकारात्मक ढंगले छिटोभन्दा छिटो हुनुपर्छ भन्ने हामी ठान्दछौँ। यो विषय सकेसम्म अदालतले आफैँ सल्ट्याउँदा राम्रो हुन्छ भन्नेसम्म हामी बोलेका छौँ।’

प्रचण्डले एक–दुई दिनको परिस्थिति हेरेर फेरि गठबन्धनको बैठक बसेर जरुरी प¥यो भने एक स्टेप अगाडि बढेर यो विषय समाधानका लागि के सहयोग गर्न सकिन्छ, त्यतातिर अघि बढ्ने जानकारी दिए।

प्रचण्डले अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे राष्ट्रिय साझा धारणा बनाउन सरकारले पहल गर्ने बताए। उनले अमेरिकाले दिने ऋण सहयोग या अनुदान नलिने भन्ने नेपालको नीति नरहेको पनि प्रष्ट पारेका छन्। एमसीसीबारे राजनीतिक दलहरुको महाधिवेशनपछि विचार गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077