चितवन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। बिहीबारका लागि तय भएको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको हो।
बैठक बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको थियो। स्थगित बैठक शुक्रबार बेलुका अथवा शनिबार आवश्यकताअनुसार बस्ने बताइएको छ। मंगलबार ललितपुरमा बसेको एमाले स्थायी कमिटी बैठकले सौराहामा बिहीबारका लागि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने तय गरेको थियो।
सो बैठकबाट बन्दसत्र सञ्चालनका लागि ११ जनाको अध्यक्षमण्डलका साथै महाधिवेशन प्रतिनिधि सङ्ख्या समेत बढाउने निर्णय गरेको थियो।