Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपालगञ्जमा अवतरणको क्रममा बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो

काठमाडौं । नेपालगञ्ज विमालस्थलमा बुद्ध एयरको जहाज अवतरणको क्रममा स्यालसँग ठोकिएको छ। काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा स्यालसँग ठोकिएको हो।

उक्त घटनामा यात्रुहरु भने सकुशल रहेका छन्। बुद्ध एयरका डाइरेक्टर रुपेस जोसीले काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज आज साँझ अवतरणका क्रममा स्यालसँग ठोकिएको जानकारी दिए।

७२५०० एशिया जहाज अवतरणको क्रममा स्यालसँग ठोकिएको हो। यात्रुका लागि बुद्ध एयरले अर्को जहाज पठाएको बताइएको छ। जहाजमा भएको क्षतिबारे कुनै विवरण आएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077