Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एमाले महाधिवेशन : सुरक्षाका लागि एआईजी नै फिल्डमा खटिने

    एमाले महाधिवेशन : सुरक्षाका लागि एआईजी नै फिल्डमा खटिने

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनको सुरक्षाका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा प्रहरी परिचालन हुने भएकाे छ । प्रहरी प्रधान कार्यालयले सुरक्षा व्यवस्था कडा पार्नका लागि एआईजीलाई नै फिल्डमा खटाउने निर्णय गरेको हो।

    उक्त निर्णयअनुसार एआईजी सहकुल थापाले महाधिवेशन अवधिभर महाधिवेशनस्थलमा प्रहरी टोलीको नेतृत्व गर्ने छन्। एमालेको दशौं महाधिवेशन मंसिर १० मा शुरु हुँदैछ। राष्ट्रिय महाधिवेशनको सुरक्षामा नेपाल प्रहरी बाहेक सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि खटिनेछन्।



    सशस्त्र प्रहरीले गण नम्बर–१७ का गणपति दिपक थापाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ। एआईजी सहकुल थापाले मंसिर ९ बाट चितवनमै बसेर महाधिवेशन सुरक्षाको कमाण्ड गर्ने बताइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार