Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उम्मेदवारीबारे किन चुप छन् ओली ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मुख्य शक्ति नै आमकार्यकर्ता र प्रतिनिधि हुने भएकाले १०औँ महाधिवेशनमा उहाँहरूकै इच्छाअनुसार आफू अघि बढ्ने बताएका छन् ।

उनले महाधिवेशनमा आफू केमा उठ्ने भन्ने कुराको निर्क्योल आमकार्यकर्ता र प्रतिनिधिले गर्ने भन्दै त्यस सम्बन्धमा आफू अहिले मौन रहेको स्पष्ट पारे ।

एमाले प्रचार विभागले महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार राष्ट्रिय सञ्चार माध्यमका सम्पादकसँग गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनमा हुने हरेक लोकतान्त्रिक अभ्यासलाई आफूले सम्मान गर्ने बताए ।

ओलीले कुनै पनि उम्मेदवारलाई उसको इच्छाविपरीत सहमतिका नाममा बस्न आफूले कुनै दबाब नदिने स्पष्ट पारे । आफूविरुद्ध कोही उम्मेदवार हुन्छ भने बस्नका लागि दबाब पनि नदिने भन्दै उनले भने, ‘मैले उठ्ने निधो गरेँ भने मलाई छोड्न नि पाउँछ, चुनौती दिन पनि पाइन्छ । कसैले चुनौती दिएमा स्वागत गर्छु । लोकतन्त्रमा चुनौती स्वाभाविक कुरा हो, स्वाभाविक रूपमा लिनुपर्छ ।’

अध्यक्ष ओलीले आफूले सहमतिका लागि आग्रह गर्दा दबाब दिएको सन्देश जान सक्ने भएकाले नेतृत्व चयनको जुनसुकै प्रक्रियालाई पनि स्वीकार गर्ने स्पष्ट पारे । कार्यकर्ता वा प्रतिनिधिको इच्छा बेगर आफूले कुनै कदम नचाल्ने उनले स्पष्ट पारे । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077