Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गौर नगरपालिकाको कार्यालयमा अख्तियारको छापा

गौर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटको सदरमुकाम गौर नगरपालिकाको कार्यालयमा छापा हानेको छ।

मंगलबार अख्तियार दुरुपयोग आयोग बर्दिबासको टोलीले गौर नगरपालिकाको कार्यालयमा छापा हानेर कागजातहरू चेकजाँच गरेको हो ।

गौर नगरपालिकाका योजनाहरूमा व्यापक अनियमितता भएको उजुरीको आधारमा आयोगको टोलीले झण्डै एक घण्टासम्म नगरपालिकामा फाइलहरू जाँच गरेको थियो।

स्रोतका अनुसार गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक हिनामिना लगायतका विषयमा आयोगमा उजुरी परेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077