काठमाडौँ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले पार्टीको आसन्न दशौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेम्वाङनिकट एमाले नेताहरुका अनुसार उनी सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको तर यदि चुनावको अवस्था आएमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन्।
'उहाँको सर्वसम्मत नेतृत्व गरौ भन्ने जोड हो', उनी निकट एक नेताले भने, 'तर सर्वसम्मत भएन भने उहाँले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुन्छ।'
महाधिवेशनका लागि यसअघि नेता भीम रावलले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने अर्का उपमहासचिव घनश्याम भुसालले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ।
महाधिवेशन अर्को साता चितवनको भरतपुरस्थित नारायणी नदीको किनारामा हुँदैछ।