Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • यी हुन् एमाले महासचिव पदका आकांक्षीहरु

    यी हुन् एमाले महासचिव पदका आकांक्षीहरु

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमाले दसौँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुन तीन दिन बाँकी छ । अन्य विभिन्न पदमा फाट्टफुट्टरुपमा उम्मेदवारी घोषणा भएका छन् तर महासचिव पदका लागि औपचारिक रूपमा कोही आकांक्षी देखिएका छैनन् ।

    अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौती दिने गरी उपाध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा गरिसकेका छन् ।



    अध्यक्षपछिको महत्त्वपूर्ण कार्यकारी पद मानिने महासचिवमा आकांक्षीहरु देखिए पनि खुलेर कोही बोलेका छैनन् । महाधिवेशनमा सबै पदाधिकारी सर्वसम्मत हुने चर्चाले पनि नेताहरूले खुलेर उम्मेदवारी घोषणा गर्न नसकेका हुन् ।



    हालको एमाले संरचनामा उपमहासचिव रहेका विष्णु पौडेल र घनश्याम भुसाल यसको स्वाभाविक दाबेदार भए पनि भुसालले महासचिवमा खासै रुचि राखेको देखिन्न । यस अर्थमा एमाले माओवादी एकीकरणपछि बनेको तत्कालीन नेकपामा महासचिव पद सम्हालेका पौडेल अहिले एमाले महासचिवका एक मात्र हकदार देखिएका छन् ।

    तर अन्य नेताहरूले पनि भित्रभित्रै महासचिव पदमा आफ्नो दाबी प्रस्तुत गरिरहेकाले पौडेलले सो पद सजिलै पाउने अवस्था भने देखिन्न । महासचिवका लागि स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङले पनि रुचि देखाएको आजको नागरिक दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार