Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतीयबाट नेपाल सामग्री भित्र्याउन घुस माग्ने सशस्त्रका बरिष्ठ हवल्दारसहित २ जना अख्तियारको फन्दामा

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका बरिष्ठ हवल्दारसहित दुई जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ।

आयोगले सोमबार महोत्तरीको गौशाला नगरपालिका ५, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा वेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राजीशरण साह र सोही ठाउँका राम आशिष साहविरुद्ध ५ हजार बराबरको भ्रष्ट्राचार मुद्धा दायर गरेको हो।

आयोगका अनुसार हवल्दार साह र आशिष मिलेर नेपाल भारत सीमाबाट घरायसी सामान बिस्कुटलगायतका सामाग्रीहरु नेपाल ल्याउन सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस लिएको उजुरीको आधारमा अख्तियारको टोलीले गत भदौं ८ गते उनीहरुलाई पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा राजीशरण साहले सीमा बजारबाट खरिद गरी ल्याउन सहज गराई दिन्छु भनी सेवाग्राहीसँग घुस लिएको, आफ्नो ओहोदा र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्बक कार्य गरेकाले भ्रष्टाचारको पुष्टि भएको आयोगले जनाएको छ।

आयोगले उनीहरुलाई ५ हजार बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077