Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घुस लिने सब-इन्जिनियर केसीविरुद्ध अख्तियारले दायर गर्यो भ्रष्टाचारको मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय काठमाडौं सब इन्जिनियर दिपेन्द्र कुमार केसीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सोमबार आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले एक विज्ञप्ति जारी गर्दै इन्जिनियर केसीविरुद्ध २ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको बताए।

आयोगका अनुसार इन्जिनियर केसीले कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको उजुरीको आधारमा अख्तियारको टोलीले गत असोज १९ गते उनलाई पक्राउ गरेको थियो ।

आयोगले उनलाई २ लाख बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077