Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लुकाएर राखेको एकनाले भरुवा बन्दुकसहित युवक पक्राउ

धनकुटा। जिल्ला प्रहरी कार्यालय धनकुटाले एकनाले भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको छथरजोरपाटी गाउँपालिका-३ चिउरीबोटे बस्ने २४ वर्षीय राजन लिम्बु रहेका छन्।

लिम्बुलाई १ थान एकनाले भरुवा बन्दुकसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले गाईगोठमा लुकाई राखेको अवस्थामा बन्दुक फेला पारेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077