Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस भैरहवा मतगणनास्थलमा झडप: गृहमन्त्रीकै योजनामा आक्रमण भएको पौडेल पक्षको आरोप

    कांग्रेस भैरहवा मतगणनास्थलमा झडप: गृहमन्त्रीकै योजनामा आक्रमण भएको पौडेल पक्षको आरोप

    अनलाइन नेपाल
  • शनिबार, ४ मंसिर २०७८
  • 1.7K
    SHARES

    बुटवल । मत गणनाका क्रममा आक्रमणमा परी घाइते भएका कांग्रेसका नेता समर्थकहरूले गृहमन्त्री बालकृष्ण खाँणको योजनामा आफूहरूमाथि आक्रमण भएको आरोप लगाएका छन् ।

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारत घाइते नेता तथा समर्थकहरूले अस्पतालमै आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन् ।



    मण्डले शैलीमा आक्रमण भएको भन्दै उनीहरूले आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने नाममा अर्को समूहमाथि आक्रमणमा उत्रिनु खेदजनक र निन्दनीय भएको बताए ।



    प्रदेश नम्बर ३ (क) को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणना स्थलमा कांग्रेस कार्यकर्ताबीच विवाद भएपछि झडप भएको हो। उक्त झडपमा ५ जना घाइते भएका छन् । देउवा र पौडेल पक्षले प्यानल बनाएरै भएको निर्वाचनछि मतगणनास्थलमा आक्रमण भएको थियो ।

    मतपरिणामको क्रममा पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता केही युवाहरु आक्रमणमा उत्रिएका थिए। आक्रमणबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाईते भएका थिए।

    गम्भीर घाइते पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ भने अन्य चार जनाको भीम अस्पताल भैरहवामा उपचार भैरहेको छ । निर्वाचनमा पराजित हुने डरले देउवा पक्षले आक्रमण गरेको पौडेल पक्षको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार