Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आइतबार बहस पैरवी नगर्ने बारको निर्णय

काठमाडौं । नेपाल बार एसोसिएसनले आइतबार देशभरका अदालतमा बहस पैरवी नगर्ने भएको छ। शुक्रबार साँझमा बसेको बारको बैठकले आइतबार अदालतमा बहस पैरवी नगर्ने निर्णय गरेको हो।

बारले सर्वोच्च अदालतमा हतियारसहितका दंगा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि धरपकड भएको भन्दै त्यसको विरोधस्वरुप बहस नगर्ने भएको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कात्तिक १४ देखि आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले पछिल्लो समय जबरालाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाउने झन्दै गेटमा धर्ना दिँदै आएका छन्।

त्यसैक्रममा बिहीबार र शुक्रबार प्रहरीले धरपकड गर्दा केही कानुन व्यवसायी घाइते भएका थिए। त्यसैको विरोधमा बारले देशभर एक दिन बहस पैरवी नगर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077