Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री देउवा चितवन जाने

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेकपा एमालेको १०‍औं महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने बताएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार दिउँसो देउवालाई महाधिवेशनमा अतिथिका रूपमा निमन्त्रणा दिन एमाले नेता सुवास नेम्वाङको टोली बालुवाटार पुगेको थियो ।

उनले निमन्त्रणा स्वीकार गर्दै आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएको स्रोतको भनाइ छ।

निमन्त्रणा कार्ड बुझ्दै प्रधानमन्त्री देउवाले आफू आउने जानकारी दिएका थिए । 'म आइहाल्छु नि, तपाइहरूको महाधिवेशनमा नआएर हुन्छ ? म आउँछु नि', प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो।

एमालेको १०औं महाधिवेशन मंसिर १०-१२ गतेसम्म चितवनस्थित नारायणी नदीको किनारमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077